आठौँ पार्टी पुनर्गठन दिवसको अवसरमा पाल्पामा जनसभा सम्पन्न

आठौँ पार्टी पुनर्गठन दिवसको अवसरमा पाल्पामा जनसभा सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले तानसेन सदरमुकाममा जनसभा सम्पन्न गरेको छ । बुधबार पार्टी पुनर्गठन दिवसको अवसर पारि जनसभा गरेको हो ।

तत्कालीन प्रचण्ड नेतृत्वमा नेपाली जनक्रान्ति अधुरो, अपुरो र धोका भएको भन्दै बैद्य नेतृत्वमा २०६९ मा प्रचण्ड नेतृत्व छोडेका थिए । बैद्य नेतृत्वबाट पनि गोलचक्करमा फसेको भन्दै २०७१ मङ्सिर ८ गते अर्थात बुधबार कै दिन ३ बुँदे पत्र दिएर सम्बन्ध बिच्छेद गरि नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन गरेको घोषणा महासचिव विप्लव नेतृत्वमा गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी–माओवादी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङ राष्ट्रिय भेला गरि आठौँ महाधिवेशनमार्फत सामन्तवादको नेपालमा अन्त्य भई दलाल पुँजीवादी नक्कली गणतन्त्र स्थापना भएको र यसले देश र जनता बेच्ने उद्दततिर लागेको कारणले यसका विरुद्धमा एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने उद्देश्य गरेको थियोे । तसर्थ उक्त पार्टी बुधबारको दिनलाई क्रान्तिकारीहरु संगठित विद्रोह ऐतिहासिक भएको र नेपालमा पुनः क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गरेको सुखद अवसर ठानि बुधबारको दिनलाई पार्टी पुर्नरगठन दिवस मनाउने गरेको छ । तत्कालीन माओवादी जनयुद्ध उत्कर्षमा पुगि जनमुक्ति सेना नेपाल पनि २०५८ मङ्सिर ८ गते स्थापना भएको थियोे । उक्त दिन पनि आफूहरुको महान दिन पनि भएको भनी स्मरण गर्ने गर्दछन् । यसै सन्दर्भमा बुधबार नेपाल कम्युनिस्ट पार्टीले जिल्ला भरिबाट सदरमुकाम तानसेन पार्टी नेताकार्यकर्ताहरु उपस्थिति गराई पार्टी स्थापना दिवस मनाएको हो ।

उक्त स्थापनाको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ्ग विभाग प्रमुख भेषराज भुसालले सुभकामना मन्तव्य दिँदै प्रचण्डहरुले क्रान्तिलाई धोका दिएको कारण हामी क्रान्तिकारीहरुले निरन्तरता दिन पुर्नसंगठित भई श्रमजीवी सर्वहारा वर्गको राज्यसत्ता वैज्ञानिक समाजवाद स्थापना एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको बताए । साथै उउले क्रान्तिकारी पंक्तिहरुलाई उक्ति जनक्रान्तिमा संगठित समेत अपिल गरे ।

उक्त कार्यक्रममा अतिथिहरुमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज धिरेन्द्रा उपाध्याय, नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य विजय बुढा मगर, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लंकबहादुर राना, जनपत्रकार संगठन लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष मुक्ति गैरे, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष गोविन्द्र भट्टराई, नेपाल पत्रकार महासंघका सचिव यज्ञमुर्ति तिमिल्सिना लगायतको उपस्थिति थियो ।

यस्तै कार्यक्रममा मन्तव्य नेकपा केन्द्रीय सदस्य धिरेन्द्रा उपाध्याय, सहिद परिवारका आकाशले राखेका थिए भने स्वागत मन्तव्य जनपरिषद् नेपालका पाल्पा जिल्ला प्रमुख मीनबहादुर आले नेपालले राखेका थिए । कार्यक्रम सञ्चालन श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य तथा पार्टी सचिवालय सदस्य निसान विकले गरेका थिए भने कार्यक्रमको सभाध्यक्ष नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव भुवन जिसिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :