नेकपा धादिङद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा सम्पर्क कार्यालय उद्घाटन

नेकपा धादिङद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा सम्पर्क कार्यालय उद्घाटन

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङले पार्टीको ८औँ पुनर्गठन दिवस तथा जनमुक्ति सेना दिवसको विशेष अबसरमा जिल्ला सम्पर्क कार्यालय स्थापना गरेको छ । धादिङको सदरमुकाम चिल्ड्रेन पार्कमा सम्पर्क कार्यालयको बोड राखेर जिल्ला पार्टी सेक्रेटरी सुमन क्षेत्रीले उद्घाटन गरेका थिए ।

सो अबरमा नेपाल कम्युनिस्ट पार्टी धादिङले चियापान कार्यक्रमका साथै अविर लगाएर शुभकामना आदानप्रदान गर्दै खुसियाली मनाएको छ । कार्यक्रममा विशेष कमिटी सदस्य रामबहादुर श्रेष्ठको उपस्थिति रहेको थियो । सोही अवसरमा सेक्रेटरी सुमनले साथीहरुलाई नेपाल कम्युनिस्ट पार्टीको लागि आजको दिन विशेष महत्व राख्ने दिन हो ।

रक्ष्यानमा फ्याकिएको क्रान्तिको भन्डा उठाएर विप्लवको नेतृत्वमा पार्टी पुर्नगठन गरिएको र बाँकी क्रान्तिको कार्यभार पूरा गर्ने संकल्प बोकेकाले देशी तथा विदेशी प्रतिक्रियावादीको निँद हराम भएकाले पार्टीका बारेमा विभिन्न भ्रमहरु सृजना गरेर पार्टीलाई उत्तेजित गर्ने र जनताबाट कटाउने खालका षड्यन्त्रहरु गरिरहेकाले तपाई हामी सचेत भएर जनतामा जानू र जनआधारलाई मजवुत गर्नु आजको पार्टीका नेता कार्यकर्ताको मुख्य जिम्मेवारी भएकाले सबै साथीहरुलाई जनतामा जान विशेष निर्देशन पनि दिए ।

हिजो क्रान्तिबाट प्राप्त भएका सम्पूर्ण उपलब्धिहरुलाई प्रचण्ड बाबुरामहरुले पुनः दलालहरुलाई नै सुम्पिदै जनताले चाहेको राज्य प्रणाली देश र जनताको अधिकार बिदेशीहरुलाई बुझाइयो । हामी क्रान्तिको झन्डालाई सगरमाथामा फहराउँदै बिभिन्न जालझेल हत्कन्डाहरुलाई पार गर्दै आज हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तिको कार्यदिशा सहित यहाँसम्म आइपुगेको सुमनले बताए ।

यो सबै षड्यन्त्रहरुलाई चिर्दै हाम्रो पार्टी पुनर्गठन भएदेखि नै एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवादी राज्यव्यावस्था ल्याउन निरन्तर सङ्घर्ष गर्दै आइरहेको छ । नेपाली जनताको आमूल परिवर्तनको चाहनाप्रति दृढ विश्वास गर्दै एकीकृत जनक्रान्ति अगाडि बढाएको समेत संक्षिप्त शुभकामना मन्यब्य राखेको थियो । पार्टी पुनर्गठन दिवस मात्रै नभएर मङ्सिर ८ जनताले आफ्नै सेना जनमुक्ति सेना पाएको दिन भएकोले मङ्सिर ८ लाई जनमुक्ति सेना दिवसको रुपमा मनाइदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :