धनुषा र महोत्तरीमा मनाइयो आठौँ पार्टी पुनर्गठन दिवस

धनुषा र महोत्तरीमा मनाइयो आठौँ पार्टी पुनर्गठन दिवस

धनुषा : नेपाल कम्युनिस्ट पार्टी धनुषा÷महोत्तरीले धनुषा जिल्ला उप–महानगरपालिका जनकपुरको वारह विगहामा र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकामा आठौँ पार्टी पुनर्गठन दिवस दिप प्रज्वलन गरी मनाएको छ । साथै जिल्लाको प्रत्येक नगरपालिका, गाउँपालिकामा पार्टी पुनर्गठन दिवस मनाइएयो हो ।

कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य देवनारायणले नेपालमा श्रमिक वर्गको जनप्रिय पार्टी कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा भएता पनि कम्युनिस्ट पार्टीभित्र संशोधनवादी अवसरवादी छद्मभेषी विसर्जन र आत्मसमर्पणवादीको घुसपैठले गर्दा श्रमिक जनताको ठूलो वलिदानी, अपाङ्ग, घाइते, सहिदको सम्मान सपना र झन्डालाई झुक्न नदिनको निम्ति क्रान्तिकारी योद्धाहरूले श्रमिक जनताको राज्यसत्ता वैज्ञानिक समाजवाद स्थापना गर्न नेपाल कम्युनिस्ट पार्टीको गठन गरिएको बताए । उनले आज विभिन्न सङ्घर्ष, प्रतिबन्ध, झुठ्ठा मुद्दा र जेल हिरासतको वावजुद हाम्रा महान श्रमिक जनताका जनप्रिय पार्टीको आठौँ पुनर्गठन दिवस भव्य रूपमा मनाइरहेको बताए ।

धनुषामा जिल्ला सेक्रेटरी सन्तोष र महोत्तरीमा जिल्ला सेक्रेटरी कमानसिंह वलम्पाकीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :