नेकपा कपिलवस्तुद्वारा पार्टी पुनर्गठनको अवसरमा दिप प्रज्वलन

नेकपा कपिलवस्तुद्वारा पार्टी पुनर्गठनको अवसरमा दिप प्रज्वलन

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले आठौँ  पार्टी पुनर्गठन दिवसको अवसरमा बुधबार साँझ शिवराज नगरपालिकाको चन्द्रौटा चोकमा भव्यरुपमा दीप प्रज्वलनको साथै शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरी पार्टी पुनर्गठन दिवसलाई उत्सवको रुपमा मनाएको छ ।

युवा सङ्गठन नेपाल कपिलवस्तु जिल्लाका सदस्यसमेत रहेका पावेलले मुख्य नेतृत्वबाट नै प्रतिक्रान्तिको थालनी भएको बताउँदै प्रतिक्रान्तिको विरुद्धमा क्रान्तिको भन्डालाई उठाएर आजकै मितिमा ८ वर्ष अगाडि नेतृत्व गरेको बताए ।

नेपाललगायत विश्वमा धेरै पार्टी आएको जिकिर गर्दै नेकपाले जनतालाई सेवा गर्ने सापेक्षित जनताहरू सर्वहारा, किसान, मजदुर, श्रमिक वर्ग, मध्यम वर्गहरूलाई प्रत्यक्ष लाभान्ति गराउनका लागि वैज्ञानिक समाजवादीको स्थापना हुनु आवश्यक रहेको उनले दावी गरे । सबै किसिमका असमानता, शोषण, विभेदलाई अन्त्य गरेर समाजमा समानता, शान्ति, समृद्धि, स्थायीत्व स्थापना गर्ने एउटा क्रान्तिकारी दिवसको रुपमा लिने गरेको पावेलले बताए ।

नेकपाका केन्द्रीय सदस्य एवम् कपिलवस्तु जिल्ला सचिव कमलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा कपिलवस्तुका नेता, कार्यकर्ता, युवा सङ्गठनका सदस्यहरू, अनेम क्रान्तिकारी सङ्घका महिला, समाजसेवी, बुद्धिजीवी, इच्छुकलगायत स्थानीयहरूको समेत उत्साहजनक रुपमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :