सर्लाही र रौतहटको संयुक्त आयोजनामा पार्टी पुनर्गठन दिवस सम्पन्न

सर्लाही र रौतहटको संयुक्त आयोजनामा पार्टी पुनर्गठन दिवस सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सर्लाही र रौतहटको संयुक्त आयोजनामा ८ औँ पार्टी पुनर्गठन दिवस सम्पन्न भएको छ ।

सभामा प्रमुख अतिथि केन्द्रीय सल्लाहकार समिति सचिव चित्रबहादुर आले ‘पवन’, विशेष अतिथि केन्द्रीय सदस्य समर, विशेष कमिटी सदस्य पवन महतो, विशेष कमिटी सदस्य जनक राउत, युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य बिचारमान थिङ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका सचिवालय सदस्य तथा २ नम्बर प्रदेश इन्चार्च पदम मगर, अखिल क्रान्तिकारीका सचिवालय सदस्य तथा प्रदेश नम्बर २ इन्चार्ज प्रभात भट्टराई, वामपन्थी नेता बेदबहादुर थापा, किसान महासङ्घका केन्द्रीय सदस्य किसुनदेब शर्मा, मधेशी मुक्ति मोर्चाका केन्द्रीय सदस्य ठगाराम, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य भरत पुलामी, अनेम सङ्घका रौतहट जिल्ला अध्यक्ष भक्ति माया रेग्मी, अनेमसङ्घका सर्लाही जिल्ला अध्यक्ष प्रमिला लामा राउत, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा रौतहट, सर्लाही इन्चार्ज रमेश, श्रमिक समुदाय मोर्चाका केन्द्रीय सदस्य शरण बिक, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सर्लाही जिल्ला सदस्य बद्री प्रधान लगायतका नेताहरूको उपस्तिथि रहेको थियो ।

सभामा प्रमुख अतिथि पवलले जनतालाई जुक्याएर गाउँगाउँमा सिंहदरवारको नाममा लुटिरहेको व्यवस्थामा भोट नहाल्न अपिल गरे । उनले अबसरवादीहरूलाई भोट हालेर गद्दारहरूलाई मन्त्री बनाएर जनताको अधिकार सुनिश्चित नहुने झिकिरसमेत गरे । प्रचण्ड सधैँ सबैसँग झुटको खेती गर्दै हिनेको आरोप लगाउँदै उनले संसदीय व्यवस्था कुहिसकेको बताए । जनयुद्धको अपूरा कार्याभार पूरा गर्ने बाटोमा नेपाल कम्युनिस्ट पार्टी विप्लवले नेतृत्व गरेको पार्टी मात्र रहेको भन्दै विप्लव नै एउटा अन्तिम जनताको आसाको केन्द्र रहेको उनले बताए । यस्तै विशेष अतिथि मिसन शाहीले एमसीसीका केही प्रतिनिधि फेरि नेपाल आएर दलालहरूसँग साँठगाँठ गरिरहेको छ यसको सबैले बिरोध गर्नुपर्ने बताए । उनले नेपाल बन्द सम्माको कार्यक्रम गर्दा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको र अझैँ सङ्घर्ष गर्नुपर्ने बताए ।

स्वागत मन्तव्य बिचारमानले राखेको थिए । सभाका अध्यक्षता सर्लाही जिल्ला सेक्रेटरी कमल सुस्लिङले गरेका थिए भने सञ्चालन रौतहट जिल्ला सेक्रेटरी कुमारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :