बारामा पार्टी पुनर्गठनको सन्दर्भमा शुभकामना आदानप्रदान, दीप प्रज्ज्वलन

बारामा पार्टी पुनर्गठनको सन्दर्भमा शुभकामना आदानप्रदान, दीप प्रज्ज्वलन

बारा : नेपाल कम्युनिस्ट पार्टी बाराले बाराको सिमरामा दिउँसो २ बजे शुभ कामना आदानप्रदान र चियापानको आयोजना सम्पन्न गरेको छ । उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा बारा/पर्सा जिल्ला इञ्चार्ज गुणराज लोहनीले पार्टी पुनर्गठनको औचित्य शानदार रुपले पुष्टि भएको बताए । महान् जनयुद्धले एकपछि अर्को उचाइँ हासिल गरिरहेको अवस्थामा मुख्य नेताले सामान्य कागजमा हस्ताक्षर गरेर अन्तको घोषणा गरेका थिए । त्यसपछि क्रान्तिकारी पार्टीलाई घोर दक्षिणपन्थी संशोधनवादी बनाएकाले प्रचण्ड—बाबुरामहरूसँग विद्रोह गरिएकोले नयाँ पार्टीको सही कार्यदिशा नभएको, छद्म संशोधनवादका विरुद्ध विद्रोह गरेर नयाँ पार्टी निर्माण गरिएको बताए ।

इन्चार्ज लोहनीले नेपाली क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्तिको निर्माण, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा पार्टीले निरन्तर लडाइँ लडिराख्नुले पार्टी पुनर्गठनको पुष्टि भएको बताए ।

कार्यक्रम बारा जिल्लाका सेक्रेटरी रक्तिमको अध्यक्षतामा भएको थियो । युवक सङ्गठनका जिल्ला अध्यक्ष निरजले सञ्चालन गरेको उक्त कार्यक्रममा पर्सा जिल्ला सेक्रेटरी गणेश, सहिद परिवार तथा जनपत्रकार सङ्गठनका केन्द्रीय सदस्य सुदर्शन पाण्डे, लक्ष्मी लामा, शिव, बिपी लामाले शुभकामना व्यक्त गरेका थिए । साथै कार्यक्रम लगत्तै दीप प्रज्ज्वलन पनि सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :