नेकपा कपिलवस्तुद्वारा बृहत मोटरसाइकल र्याली

नेकपा कपिलवस्तुद्वारा बृहत मोटरसाइकल र्याली

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले आठौँ पार्टी पुनर्गठन दिवसको अवसरमा बृहत मोटरसाइकल र्याली सम्पन्न गरेको छ । जिल्लाको विजयनगरदेखि शुरु भई कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, तौलिहवा, पकडी हुँदै जितपुर ४ नम्बरमा आई कोणसभामा परिणत भएको हो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा कपिलवस्तु जिल्ला सचिव कमलले नेकपा कपिलवस्तुले आठौँ पार्टी पुनर्गठन दिवसको अवसरमा चरणबद्ध पार्टी पुनर्गठन दिवसका कार्यक्रम अन्तर्गत बृहत मोटर साइकल र्याली गरेको बताए । २०७१ मङ्सिर ८ यता अहिलेसम्म मङ्सिर ८ गते पार्टीको पुनर्गठन पार्टीले मनाउँदै आएको समेत बताए ।

आठौँ पार्टी पुनर्गठन दिवसको अवसरमा मङ्सिर ७ गते जिल्ला भित्रका मुख्यमुख्य ठाउँमा ब्यानर लगाउने, प्रचार/प्रसार गर्ने र ८ गते कपिलवस्तुको शिवराजमा बृहत रक्तदान गर्ने कार्यक्रम रहेको नेकपा कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :