पार्टी पुनर्गठन दिवसको अवसरमा रुकुम पश्चिममा खेलकुद प्रतियोगिता आयोजना

पार्टी पुनर्गठन दिवसको अवसरमा रुकुम पश्चिममा खेलकुद प्रतियोगिता आयोजना

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्ला पार्टीको आयोजनामा खेलकुद प्रतियोगिता गर्ने भएको छ । मङ्गलबार जिल्ला सेक्रेटरी चन्द्र वुढाद्वारा हस्ताक्षर प्रेस विज्ञप्ति अनुसार भलिवल र व्याटमिन्टन खेलहरूको आयोजना गरिएको छ ।

भलिवलमा विजेता पुरस्कार १२ हजार नगदसहित कप मेडल र प्रमानपत्र, उपविजेता पुरस्कार ८ हजार नगदसहित कप मेडल र प्रमानपत्र र सान्त्वना हुनेलाई ३÷३ हजार नगदसहित मेडल र प्रमानपत्र व्यवस्था गरेको छ । दर्ता शुल्क ५ सय राखिएको र खेल खलङ्गाको बहराटाकुरामा खेलाईने आयोजकले जनाएको छ ।

व्याटमिन्टनको लागि भने जिल्ला व्याटमिन्टन सङ्घका अध्यक्ष अनिल बुढालाई सम्पर्क गर्न भनिएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :