पार्टी पुनर्गठनको उपलक्ष्यमा फुटबल प्रतियोगिता

पार्टी पुनर्गठनको उपलक्ष्यमा फुटबल प्रतियोगिता

बारा : नेपाल कम्युनिस्ट पार्टी बाराले आठौँ पार्टी पुनर्गठनको उपलक्ष्यमा फुटबल प्रतियोगिताको आयोजना गरेको छ । बाराको सिमरामा आयोजित उक्त प्रतियोगितामा दुईवटा टीमले भाग लिएका थिए ।

जिल्ला सेक्रेटरी रक्तिम र युवक सङ्गठनका केन्द्रीय सदस्य निरज शाहको टीमको सहभागिता रहेको खेल दुबै पक्षले ४–४ गोल गरेका थिए । दुवै पक्षको बराबरी भएपछि रेफ्रीले थप समय ५ मिनेट खेलाउँदा पनि पुनः बराबरी भएपछि पुरस्कारको राशी आधाआधा बाँडिएको थियो ।

पार्टी केन्द्रीय सदस्य गुणराजले पुरस्कार वितरण गर्दै सबै खेलाडीलाई बधाई तथा पार्टी पुनर्गठनको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए । उक्त खेलमा सुजित श्रेष्ठले ह्याडट्रिक गरेकाले उनलाई म्यान अफ द म्याच घोषणा गर्दै उकृष्ट पुरस्कार दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :