वैज्ञानिक शिक्षाको मागसहित अखिल (क्रान्तिकारी) नवलपरासीले बुझायो ज्ञापन पत्र

वैज्ञानिक शिक्षाको मागसहित अखिल (क्रान्तिकारी) नवलपरासीले बुझायो ज्ञापन पत्र

नवलपरासी : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले शिक्षा बिकास तथा समन्वय इकाई नवलपरासीलाई ज्ञापनपत्र बुझाएको छ । अखिल (क्रान्तिकारी) नवलपरासी जिल्ला समितिले शिक्षा क्षेत्रका विकृति विसङ्गतिविरुद्ध र विद्यार्थीलाई सहुलियत तथा वैज्ञानिक समाजवादी शिक्षा लागू गर्नुपर्ने लगायत ९ बुँदे माग राख्दै सोमबार जिल्ला शिक्षा इकाई समितिमा ज्ञापनपत्र बुझाएका हुन् ।

शिक्षा बिकास तथा समन्वय इकाई नवलपरासी (ब.स.प) का प्रमुखलाई डोलराज पाण्डेलाई अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य एवम् नवलपरासीका इन्चार्ज विकल्प, संयोजक सन्देश, जिल्ला सदस्य लक्ष्मण लगाएको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको थियो ।

अखिल (क्रान्तिकारी) नवलपरासीका संयोजक सन्देशद्वारा हस्ताक्षरित बुझाइएको ज्ञापनपत्रमा मागहरू निम्नानुसार छ्न् : शैक्षिक प्रमाणपत्रको नाममा लिइएको असमान शुल्क तुरुन्त खारेज गर, यातायात व्यवसायीहरूसँग भाडामा ४५% छुट सहमति अनिवार्य लागू गर, पढाई हुने दिनको मात्र शुल्क लिने व्यवस्था गर, संस्थागत विद्यालयहरूमा कक्षा अपग्रेडिङका नाममा वर्षैपिच्छे लिइने शुल्क बन्द गर, सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमका नाममा लिइने शुल्क बन्द गर्नुका साथै आवश्यक पाठ्यपुस्तक तथा पोशाकको निःशुल्क व्यवस्था गर, विद्यार्थी सङ्ख्याको आधारमा भौतिक संरचना तथा आवश्यक जनशक्तिको व्यवस्था गर, सम्पूर्ण विद्यालयहरूमा सेनिटरी प्याडका साथै चिकित्सक सहितको प्राथमिक उपचार सामग्रीको व्यवस्था गर, विभिन्न शिर्षकमा वर्षै पिच्छे लिइने सम्पूर्ण शुल्कहरू खारेज गर र वैज्ञानिक समाजवादी शिक्षा लागू गर ।

आफ्ना मागहरूलाई बेवास्ता गरेको खण्डमा हामी कडा सङ्घर्ष उत्रनुका साथै त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी सम्बन्धित निकायको नै हुने कुरा सङ्गठनले यसै ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

ज्ञापनपत्र :

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :