अखिल (क्रान्तिकारी) उदयपुरद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) उदयपुरद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) उदयपुरले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि विरुद्ध सदरमुकाम गाईघाटमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुको उपस्थितिमा गाईघाटको पिपल चोकबाट र्याली निकाली बजार परिक्रमा गर्दै मेनचोकमा कोणसभा गरेको छ ।

कोणसभालाई सम्बोधन गर्दै पार्टी सेक्रेटरी लक्ष्मण पौडेयालले दलाल संसदीय व्यवस्थाका मतियारहरुले जनताको दैनिक जीवनमा आवश्यक पर्ने डिजेल, पेट्रोल, मट्टीतेल र खाना पकाउने ग्याँसको मूल्यबृद्धि गरिरहेको भन्दै उक्त मुल्य बृद्धिको विरोध गरे । मुल्य बृद्धिका कारण आम नागरिकको जीवनशैली असहज भएको भन्दै दलाल सरकार जनता र राष्ट्रप्रति उत्तरदायी नभएको हुँदा जनताले दुःख पाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :