पार्टी स्थापना दिवसको सन्दर्भमा पाल्पामा व्यापक प्रचारप्रसार सम्पन्न

पार्टी स्थापना दिवसको सन्दर्भमा पाल्पामा व्यापक प्रचारप्रसार सम्पन्न

पाल्पाः नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले आफ्नो स्थापना दिवसको अवसरमा पाल्पामा व्यापक प्रचारप्रसार सम्पन्न गरेको छ । पार्टीले आठौं दिवसको अवसरमा सदरमुकाम तानसेन बजारको टुडिखेल लखनपार्क जनसभा गर्ने तयारी अनुरुप प्रचारप्रसार गरेको छ । जिल्लाको रामपुर शहर, माडी बजार, अर्गलि बजार, छहरा बजार, हार्थोक बजार, राम्दि बजार, ताँहु बजार, पूर्वखोला बजार, दोेभान झुम्सा बजार लगायतमा व्यापक पोष्टरिङ्ग गरेको छ ।

यस्तै तानसेन बजारको तम्घास रोड समोबारि, लुङ चोक, बतासे खानेपानी अफिस, क्याम्पस रोड, सिद्धार्थ राजमार्ग चिलाङ्गि पेन्सन रोड चोक, मिसन रोड चोक, प्रभास चोक, बास्टरी चोक, तल्लो माथिल्लो डुम्रे बजार, गौडेपुल बजार, तानसेन बजार रानीमहल बाटो, चिलाङ्गदी बजार, क्याम्पस गेट, अदालत रोड, टुडिखेल विरेन्द्र, लखनपार्क लगायत ठाउँहरुमा व्यापक पोष्टरिङ्ग भएको छ ।

साथै पार्टी स्थापना दिवसको अवसरमा केन्द्रिय कार्यलयले तीन दिने कार्यक्रमहरु गरि मनाउन निर्देशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :