मकवानपुरमा पार्टी पुनर्गठन दिवसको शुभकामनासहित मोटरसाइकल र्याली

मकवानपुरमा पार्टी पुनर्गठन दिवसको शुभकामनासहित मोटरसाइकल र्याली

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आज बागमती प्रदेशको राजधानी हेटौँडामा बाइक र्याली सहितको कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको आठौँ पुनर्गठन दिवसको शुभ अवसरमा आयोजित उक्त बाइक र्यालीमा पार्टीका नेताकार्यकर्ताका साथै आम जनता सडकमा उपस्थित भएका थिए ।

पार्टीको जिल्ला सम्पर्क कार्यालयबाट सुरु भएको मोटरसाइकल र्याली बुद्धचोक, सीमाचोक, हेटौँडा औद्योगिक क्षेत्र, कमाने, क्याम्पडाँडा, मानसचोक र स्कुलरोड हुँदै सीमाचोकसम्म पुगेको थियो । उक्त र्याली त्यहाँ पुगेर कोणसभामा परिणत भएको थियो ।

जिल्ला सेक्रेटरी वाटरको सञ्चालनमा सुरु भएको उक्त कोणसभा कार्यक्रममा सम्बोधन पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयनले गरेका थिए । उनले आठौँ पार्टी पुनर्गठन दिवसको सबैलाई शुभकामना दिएका दिए । त्यस्तै २०७१ मङ्सिर ८ गते महासचिव विप्लवको नेतृत्वमा पुनर्गठन भई वैज्ञानिक समाजवाद–साम्यवादसम्म पुग्ने एकीकृत जनक्रान्तिको कार्यदिशा तय भएको र उक्त जनक्रान्तिको यात्रामा लामबद्ध भई सङ्घर्षमा सहभागी हुन सम्पूर्ण नागरिकलाई नयनले अपिलसमेत गरे ।

दिउँसो २ बजे सुरु भएको मोटरसाइकल र्याली तथा कोणसभा कार्यक्रम ३ः३० मा समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :