नेकपा काठमाडौँ महानगरद्वारा चोकचोकमा ब्यानर प्रदर्शन

नेकपा काठमाडौँ महानगरद्वारा चोकचोकमा ब्यानर प्रदर्शन

काठमाडौँः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ महानगर समितिले पार्टी पुनर्गठन दिवसकाे अवसरमा महानगरका चोकचोकमा ब्यानर टाँसेको छ ।

व्यापक जनताहरूको समर्थनमा काठमाडौँ महानगरपालिका भित्रका असन, इन्द्रचोक, कालिमाटी, बानेश्वर, कोटेश्वर, नयाँ बसपार्क, हनुमानढोका, न्युरोड, स्वयम्भू, नयाँ बजार, रानीबारी, कलङ्की, मैतीदेवीमा ब्यानर टाँसिएको नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ महानगर समितिले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन दिवसलाई उल्लासमय तरिकाले मनाउने र पार्टीलाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको भन्दै उपस्थित जनताले आ–आफ्नो धारणा समेत राखेका थिए ।

आफ्नो पार्टीको पुनर्गठन दिवस मंसिर ८ लाई लक्षित गर्दै चोकचोकमा प्रचारात्मक ब्यानर टाँसेको हो । यहि मंसिर ८ गते नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन भएको ठीक आठ वर्ष पुग्दैछ । पार्टी पुनर्गठन दिवसलाई रचनात्मक तरिकाले उत्सवमय बनाउँदै आएको नेपाल कम्युनिष्ट पार्टीले यसपटक पनि साताव्यापी कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :