नेकपा दैलेखद्वारा मोटरसाइकल र्याली सम्पन्न

नेकपा दैलेखद्वारा मोटरसाइकल र्याली सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले सोमबार केन्द्रीय समितिले घोषणा गरेको आठौँ पार्टी पुनर्गठन दिबसको अबसरमा दैलेख जिल्लाको राकम कर्णाली बजारदेखि खिट्किज्युला बजारसम्म मोटरसाईकल र्याली सम्पन्न गरेको छ ।

मोटरसाईकल र्यालीमा सहभागीहरूले आठौँ पार्टी पुनर्गठन दिबस भब्य रुपले मनाऔँ !, एकीकृत जनक्रान्ति जिन्दावाद !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !, जनमतसङ्ग्रह घोषणा गर !, दलालहरू होशियार !, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर !, वैज्ञानिक समाजवाद लागू गर ! लगायतका नारा लगाउँदै कार्यक्रम सम्पन भएको थियो ।

जिल्ला सेक्रेटरी दिपेन्द्रको नेतृत्वमा भएको मोटरसाईकल र्याली आठबिस नगर समिति इन्चार्ज प्रकाश, चामुन्डा बिन्द्रासैनी नगर इन्चार्ज क्रान्ति, अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सदस्य सुद्रसन र आठबिस नगर सचिव लोग राजसहित कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

दैलेख जिल्लाको बुबईरागे बजारदेखि गुराँसे बजारसम्म गुँरास गाउँ समिति इन्चार्ज बिश्वको नेतृत्वमा पनि मोटरसाईकल र्याली गरिएको जिल्ला सेक्रेटरी दिपेन्द्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :