सहिद, घाइते तथा बेपत्ता परिवारको सपनालाई साकार पार्छौँ : घर्तिमगर

सहिद, घाइते तथा बेपत्ता परिवारको सपनालाई साकार पार्छौँ : घर्तिमगर

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले आठौँ पार्टी पुनर्गठन दिबसको अबसरमा केन्द्रीय निणर्य अनुसार आज अर्घाखाँची जिल्लामा मोटरसाईकल र्याली सम्पन्न गरेको छ । अर्घाखाँचीको चुत्राबेशीबाट सुरु भएको बाईक र्याली सदरमुकामका विभिन्न चोकचोक, गल्ली गल्लीमा आई पुन भक्तिटोला चोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्तीमगरले नेपालको परिबर्तित आन्दोलनमा आफ्नो पार्टीको ठूलो भूमिका रहेको बताउँदै केही शासकहरूले परिबर्तनलाई उल्टाउनका लागि सहिद, घाइते तथा बेपत्ता परिवारको सपनालाई कुल्चेर संसदीय व्यवस्थामा आत्मसमर्पण गर्नु क्रान्तिप्रति आन्दोलनप्रति धोका भएको बताउँदै सहिद, घाइते तथा बेपत्ता परिवारको सपनालाई साकार पार्नकोे लागि प्रतिक्रियावादी तत्वले लुकाएर राखेको झन्डालाई आफूहरूले पुन उजागर गरेर नेपालमा नयाँ क्रान्तिको सुरुवात गरेको बताए । उनले नेपालमा नेपाली जनताले वैज्ञानिक समाजवादलाई आत्मसात गरे पनि नेपालमा केही प्रतिक्रियावादी दलालले व्यवस्थाप्रति धोका दिएको बताए ।

एक फरक प्रसङ्गमा कुराकानी गदै मगरले नेपालमा संसदीय व्यवस्थाले निकास दिन नसक्ने हुँदा जनता वैज्ञानिक समाजवादको पक्षमा दृढतापूर्बक अगाडि बढ्ने बताउँदै जनताको शक्तिलाई कसैले पनि रोक्न नसक्ने बताए । उनले जनताको आन्दोलन र जनताको मागलाई आफूहरूले पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँदै पार्टीले सहिद, घाइते तथा बेपत्ता परिवारको सपनालाई साकार बनाउनको लागि पार्टी पुर्नगठन दिबस मनाउन लागेको बताए ।

कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका केन्द्रीय समितिका सदस्य तथा पार्टीका जिल्ला सदस्य नबिन खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :