नेकपा बाराद्वारा सिमरामा अटो र्याली सम्पन्न

नेकपा बाराद्वारा सिमरामा अटो र्याली सम्पन्न

बारा : नेपाल कम्युनिस्ट पार्टी बाराले पार्टी पुनर्गठन दिवसको उपलक्ष्यमा सोमबार जिल्लाको सिमरामा अटो र्याली सम्पन्न गरेको छ । सबै अटोहरूमा आकर्षक झन्डा र ब्यानरसहित र्याली सफल भएको थियो ।

र्याली सिमरा बजारमा पुगेर सभामा परिणत भएको थियो । उक्त सभालाई जिल्ला सेकेटरी रक्तिमले सम्बोधन गरेका थिए ।

आठौँ पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ६ गते देशभर मोटरसाइकल र्याली गरिने, ७ गते खेलकुद, अतिरिक्त क्रियाकलाप : कविता, लोकगीत, वक्तृत्वकलालगायत कार्यक्रमहरू आयोजना गरिनेछ ।

त्यसैगरी मङ्सिर ८ गते बिहान चोकचोकमा पार्टीका झन्डा र पार्टी पुनर्गठन दिवसका ब्यानर टाँगिनेछ । त्यस दिन अबिर जात्रा, चियापान, र युवामार्च गरिनेछ र साँझ बजार, चोक र घरघरमा दीप प्रज्वलन गर्नुका साथै उपहार आदानप्रदान गरी पार्टी पुनर्गठन दिवस मनाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :