नेकपा इलामले चोकचोकमा कोणसभा गर्दै बाइक र्यालि निकाल्यो

नेकपा इलामले चोकचोकमा कोणसभा गर्दै बाइक र्यालि निकाल्यो

इलामः यही मंसिर ८ गते पार्टी पुनर्गठन दिवश भव्य रुपमा जिल्ला जिल्लामा मनाउन केन्द्रीय समितिले निर्देशन गरेपछि इलाममा नेकपाले बाइक र्यालि निकालेको छ । सोमबार इलामको कुटिडाँडाबाट सुरु गरेको बाइक र्याली कन्याम, फिक्कल हुँदै नेपाल भारत सिमामा रहेको पशुपतिनगरमा पुगेर कोण सभापछि समापन गरिएको थियो ।

चोकचोकमा गरिएको कोण सभालाई जिल्लाका सेक्रेटरी मौसमले आफ्नो भनाइ राख्दै सञ्चालन गरेका थिए भने कोणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज सुमनसिंहले सम्बोधन गरेका थिए ।

फिक्कलको कोण सभामा बोल्दै सिंहले संसदीय पुंजिवादी व्यवस्था कति कारणले ठिक भन्दै हिंड्नु भएको छ ? तर्क लिएर सडकमा बहस गर्न आउन सुवास नेम्वाङ र झलनाथ खनाललाई चुनौती दिए । उनले जनता र रास्ट्रको हितमा बोलेकै भरमा सत्ताले दमन गरेको कुरा जनतालाई बताउँदै रास्ट्र र जनताको हितमा आफ्नो पार्टी जहिलै पनि अग्रपंक्तिमा बलिदान गर्न तयार भएको बताए । उनले कन्यामको चिया विदेशी दलाललाई कौडीको भरमा सुम्पेको बताउदै अब जनताले खोस्नु पर्ने बताए । इलाममा अब कम्युनिस्ट नामका संसदवादीले जनतालाई ढाट्न नपाउने बताए ।

त्यस्तै नेपाल भारत सिमामा रहेको पशुपतिनगरमा पनि कोणसभा भएको थियो । उक्त कोणसभामा बोल्दै सिंहले सिमानमा रहेको यो धर्तिको सपथ खाएर देशको स्वाधिनताको निम्ति आफ्नो पार्टी लड्ने बताए । उनले भारतीय शासकहरुबाट भएको अत्यचार आफुहरुलाई सह्य नभएको, यस्तै तरिकाले हेपाहा व्यवहार गर्ने हो भने जनतालाई संगठित गरेर प्रतिरोध गरिने बताए । उनले भारतबाट निर्वाध रुपमा भित्रिने ढुवानी र यातायात साधनले नेपाली यातायात व्यवसायी मारमा परेको हुनाले अब नेपाली यातायात व्यवसायीहरुले आन्दोलनमा उत्रनु पर्ने बताए ।

नेकपा इलामले मंसिर ८ गते जिल्लामा धुमधामसँग पार्टी पुनर्गठन दिवस मनाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :