मगर मुक्ति मोर्चा, नेपाल दाङको अध्यक्षमा सिबेन्द्र

मगर मुक्ति मोर्चा, नेपाल दाङको अध्यक्षमा सिबेन्द्र

घोराही : नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति मोर्चा, नेपाल दाङ जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । मगर मुक्ति मोर्चा, नेपाल दाङको आयोजनामा आइतबार घोराहीको झिंग्रौरा एक कार्यक्रमका बीच सो भेला सम्पन्न भएको हो । भेलाले सिबेन्द्र पुनको अध्यक्षतामा १७ सदस्यीय कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा गोबिन्द पुन, सचिब उज्ज्वल राना, सह– सचिवमा आनन्द जिएमलगायत निर्वाचित भएका हुन् ।

भेलामा बोल्दै मगर मुक्ति मोर्चा, नेपालका केन्द्रीय सदस्य तथा राप्ती व्युरो इन्चार्ज भिमप्रकाश पुनले विभिन्न कारणले दाङ मगरको सङ्गठन लामो समयपछि आज प्रथम जिल्ला भेला गर्न सम्भाव भएको र यही मङ्सिर ८ गते म्यादीको बेनीमा राष्ट्रिय सम्मेलन हुन लागेको बताए । यो राज्य व्यवस्थाले गर्दा मगरहरू भाषा हराउँदै गएको र भाषागत समस्याकै कारणले हरेक क्षेत्रमा मगरहरू पछाडी परेको पनि उनले प्रष्ट पारे । यो व्यवस्था अझैँ पनि परिवर्तन नभएको तथा संसदीय व्यवस्था भनेको खसीको टाउँको देखाएर कुकुरको मासु बेच्ने थलो भएकाले अब यो संसदीय व्यवस्था फाल्नका लागि एक पटक फेरि मगरहरू जुरुक्क उठ्नुपर्ने उनको भनाई थियोे ।

नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीप ओलीले पार्टी प्रतिबन्धपछि सबै जनवग्रीय सरूगठनहरू सक्रिय रुपमा अगाडि बढेको बताए । पार्टीले अहिले जनमतसङ्ग्रहको नारा लिएर अगाडि बढिरहेको हुनाले नेता कार्यकर्ता जनतामा फर्किएको उनले प्रष्ट पारे । यो दलाल राज्यले आरक्षण र कोटाको आधारमा मगर तथा जनजातिलाई पछाडी पारेको हुँदा त्यसका लागि मगरहरू सङ्गठित हुन र सक्षम, सबल र जुझारु बन्न आवश्यक भएको उनले जिकिर गरे ।

नेता ओलीले यो संसदीय व्यवस्था असफल सिद्ध भएको हुँदा अब त्यसको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने र त्यसका लागि प्रगतिशील संयुक्त सरकार गठन गरि जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद ठिक, कि संसदीय व्यवस्था ठिक भनेर व्यवस्था छान्ने अधिकार जनतालाई दिनुपर्ने उद्घोष गरे । उनले मगरहरूले आफ्नो हक र अधिकार पाउनका लागि सङ्गठित हुनुपर्ने, सक्षम र जुझारु भएमात्र आफ्ना मागहरू पूरा हुने भएकाले फेरि एक पटक मगरहरू यो दलाल राज्य व्यवस्थाविरुद्ध लड्न तयार हुनुपर्ने प्रष्टाए । यो दलाल संसदीय व्यवस्थाले सजिलैसँग जनमतसङ्ग्रह नदिने भएकाले जनतालाई एकीकृत गरेर जनताको जनबलबाट जनमतसङ्ग्रहमा जानुपर्ने समेत ओलीको भनाई थियो ।

राष्ट्रिय उद्योग वाणिज्य महासङ्घ दाङका अध्यक्ष भरत श्रेष्ठ, जनपत्रकार सङ्गठन दाङ जिल्लाको उपाध्याय जङ्ग रेउले, मगर मुक्ति मोर्चा, नेपालको केन्द्रीय सदस्य डिके रोका र युवा सङ्गठन नेपालका केन्द्रीय सचिव तथा नेकपा घोराही नगर इन्चार्ज तिलक योगीले शुभकामना मन्तव्य राख्दै मगरलाई प्रयोग गरेर आफू स्वार्थ पूरा गर्ने तत्वदेखि मुक्त हुनुपर्ने र अब वैज्ञानिक समाजवादका लागि एक पटक मगरहरू गोलबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

सिबेन्द्र पुनको सभापतिथ्य तथा नेकपा दाङका सेक्रेटरी प्रदीप ओलीको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उज्ज्वल रानाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गोबिन्द पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :