रातो सलाम !

कविता

रातो सलाम !

अखिल क्रान्तिकारी
युगको चेतना बोकेर आएको
तिम्रो २२ औँ राष्ट्रिय सम्मेलनलाई
रातो सलाम ! रातो सलाम !!

सबैतिर सिनोझैँ गनाइरहेको छ
सडेगलेको दलाल पुँजीवाद ।
डाकिरहेका छौँ लाखौँ विद्यार्थी
ल्याउन जनताको वैज्ञानिक समाजवाद ।

रगतले सिँचिएको तिम्रो इतिहास
त्याग र समर्पणको तिम्रो आदर्श
क्रान्तिकारी मालेमावादी तिम्रो विचार
झुक्दैनौ, अहँ झुक्दै–झुक्दैनौ कहिल्यै तिमी !

थाकेर बसेकाहरूलाई
बाटो बिराएकाहरूलाई
सम्भावनाको गीत गाएर
जगाउँदै, उठाउँदै, हिडाउँदैछौ तिमी ।

सपना लुटिएका विद्यार्थीहरूका
झरेका सपना आँखाभरि बटुलेर
विश्वासमा पहिरो रोकेका छौ
क्रान्तिको किरण बोकेका छौ ।

कलम र तारा अङ्कित झन्डा बोकेर
जेल–नेलको घेरा जितेर
युगको चेतना, विवेक र लक्ष्यमा
क्रान्तिको झन्डा फहराइरहेका छौ ।

शैक्षिक माफियाले शिक्षा बेचेपछि
दलालहरूले तिम्रो सपनालाई थुनेदेखि
तिमीले भोक–निद्रा त्यागेका छौ
आँसुको भेल तरेर विद्रोहको राँको बाले का छौ ।

स्कुल, कलेज, विश्वविद्यालय
गाउँ, सहर सबैतिर अखिल क्रान्तिकारी
रातो झन्डा र आँखामा आगो बोकेर
वर्गवैरीका षड्यन्त्रलाई किचिदिनु पैतलामा !

तिमी एक भएर अघि बढ
जुझारु बन, निरन्तर बोल !
जितको चेतनाले ज्यान भरेर बोल
तिम्रो हातमा
समाजवादको भविष्य लेखिएको छ ।
जाग ! अझै जाग !!
उठाऊ हात ! समाऊ झन्डा !
यो गनाउने पुँजीवाद अति भो तिमीलाई
अब अति भो मलाई ।

समाजवादको बिहानी उदाउनेछ ।
स्वागत गर ! शुभकामना !
अखिल क्रान्तिकारी
तिमीलाई रातो सलाम !!

(अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनका अवसरमा पोखरामा वाचित कविता)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :