मुल्य वृद्धिका विरुद्ध संयुक्त विद्यार्थी सङ्गठनद्वारा कञ्चनपुरमा विरोध प्रदर्शन

मुल्य वृद्धिका विरुद्ध संयुक्त विद्यार्थी सङ्गठनद्वारा कञ्चनपुरमा विरोध प्रदर्शन

कञ्चनपुर : नेपाल सरकारले पेट्रोलियम पदार्थ तथा खाद्य बस्तुमा गरिएको मूल्य वृद्धिका विरुद्धमा कञ्चनपुरका क्रियाशील चारवटा विद्यार्थी सङ्गठनहरूले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् ।

उक्त बढाएको मूल्यवृद्धि देशका आम जनसमुदायको हित र मर्यादा विपरीत रहेको बताउँदै सो मूल्यवृद्धिको निर्णय तत्काल फिर्ता लिई जनतालाई सहुलियत दिलाउन आग्रह गर्नुका साथै आयल निगमका दलालहरूलाई कारवाहीको माग राखेका छन् । सो विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी), माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, (क्रान्तिकारी माओवादी, वैद्य निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्वबियुलगायत चार सङ्गठनको सहभागिता रहेको थियो ।

यसैगरी मूल्य वृद्धिका विरुद्ध संयुक्त विद्यार्थी सङ्गठनका केन्द्रीय समितिद्वारा राजधानी काठमाडौँमा पनि संयुक्त रुपमा आन्दोलन अघि बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :