डडेल्धुरामा जबस मोर्चाद्वारा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

डडेल्धुरामा जबस मोर्चाद्वारा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टी डडेल्धुरामा अखिल (क्रान्तिकारी) लगायतका जबस मोर्चाहरूले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अखिल (क्रान्तिकारी) डडेल्धुराका अध्यक्ष गणेश बोहरामार्फत ध्यानाकर्षण पत्र बुझाइएको हो ।

पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीमार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीलाई ध्यानाकर्षण पत्र पेस गरेको अखिल (क्रान्तिकारी) का डडेल्धुरा अध्यक्ष गणेश बोहराले जानकरी दिएका छन् ।

जनताको दैनिक जीवन निर्वाहसँग जोडिएको अर्थतन्त्रको मानक मानिने पेट्रोलियम पदार्थमा सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको र त्यसको चौतर्फी दुष्प्रभावले जनता त्राहिमाम भएकोले उक्त बृद्धि भएको मूल्य तत्काल घटाउँन माग गर्दै नेकपा डडेल्धुरा अखिल (क्रान्तिकारी) सहितका सम्पूर्ण जबस मोर्चाहरूले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :