नेकपा रूपन्देहीद्वारा सैनामैनामा सामूहिक आलु उत्पादन

नेकपा रूपन्देहीद्वारा सैनामैनामा सामूहिक आलु उत्पादन

नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले सैनामैनामा जनश्रम गरेको छ । जनश्रममा नेकपाले आलु खेती गरेको छ । नेकपाले जिल्ला पार्टीको उत्पादन योजना अनुरुप सैनामैनामा आलु रोपेको हो ।

उत्पादन कार्यको नेतृत्व नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृतिले गरेका छन् भने जिल्ला सेक्रेटरी विश्वास लगायत जिल्ला स्तरिय नेताहरु, जबस मोर्चाका नेतृत्व, स्थानीय पार्टी एवं जनताको समेत सहभागिता रहेको थियो ।

पार्टीलाई आर्थिक दृष्टिले आत्मनिर्भर, स्वाधीन अर्थतन्त्रको विकास, समाजवादको आधार निर्माण र विश्व दृष्टिकोणको समाधान गर्न पार्टीलाई उत्पादनमा जोड्न अनिवार्य भएको बताउदै केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृतिले जनश्रमलाई जोड दिदै जाने बताए । उनले कम्युनिस्ट पार्टीका सदस्य अनिवार्य श्रममा जोडिनुपर्ने बताउदै मालेमावादको वैचारिक नेतृत्वमा उत्पादन कार्यलाई तीव्रता दिइने बताए ।

“उत्पादन पार्टीको केन्द्रीय योजना हो, यसैलाई हामीले जिल्लामा कार्यान्वयन गरेका हौं”–जिल्ला सेक्रेटरी विश्वासले भने । सेक्रेटरी विश्वासले उत्पादनलाई पार्टी सदस्यसम्म अनिवार्य बनाइने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :