नेकपा ललितपुर महालक्ष्मी नगर समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

नेकपा ललितपुर महालक्ष्मी नगर समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी ललितपुर महालक्ष्मी नगर समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । महालक्ष्मी नगर समितिको सेक्रेटरी जम्बु शेर्पाको अध्यक्षतामा र नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज नवीन विश्वकर्मा हितमानको प्रमुख आतिथ्यता महालक्ष्मी नगर समितिको इन्चार्ज लोमन कुमार सुनार प्रतिबद्धको विशेष उपस्तिथिमा बैठक सम्पन्न भएको छ। बैठकमा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य निगम भण्डारीको पनि उपस्थिति रहेको थियो ।

उक्त बैठकले सत्र सदस्यीय नगर समिति चयन गरेको छ भने आगामी तीन महिने सङ्गठन सुदृढ तथा सचेतना अभियानलाई सफल र प्रभावकारी बनाउन सबै वडाहरुमा कार्य बिभाजन ठोस गरेको छ ।मङ्सिर मसान्तसम्म सम्म सबै वडा र सेल कमिटीको बैठक भेला सम्पन्न गर्ने र पौष महिनाभरि संगठन सुदृढ गरि माघ पहिलो साता नगर अधिवेशन गरिसक्ने निर्णय गरेको छ ।

बैठकमा आफ्नो प्रशिक्षणात्मक भनाइ राख्दै केन्द्रिय सदस्य हितमानले सयुक्त प्रगतिशील सरकार ,जनमतसंग्रह र वैज्ञानिक समाजवादको पक्षमा पार्टी नगर समितिलाई आगामी तीन महिने अभियानमा दृढतापुर्वक लाग्न अपिल गरे । साथै बैठकमा बोल्दै नगर इन्चार्ज प्रतिबद्धले आगामी दिनहरुमा क्रान्तिकारी ध्रुबीकरणलाई निरन्तरता दिन र राष्ट«घात ,भष्टचार ,कालोबजारी ,महङ्गी, कमिसनखोर अनि माफीयाकरण विरुद्ध निर्णायक संघर्ष गर्न नेपाल कम्युनिस्ट पार्टी तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :