महासचिव विप्लव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच राजनीतिक छलफल

महासचिव विप्लव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच राजनीतिक छलफल

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज मुलुकको समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल भएको छ ।

नेकपाको केन्द्रीय स्रोतका अनुसार महासचिव विप्लव र प्रचण्डबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने, नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने र नेकपाले अघि सारेको प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका विषयमा छलफल भएको छ ।

नेकपाका तर्फबाट महासचिव विप्लवले विषयवस्तु प्रस्तुत गरेका थिए । छलफलका क्रममा नेकपाका तर्फबाट महासचिव विप्लव र माओवादी केन्द्रका तर्फबाट प्रचण्ड र प्रवक्ता कृष्णबहादुर महरा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :