अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ तुलसीपुर उपमहानगरको सम्मेलन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ तुलसीपुर उपमहानगरको सम्मेलन सम्पन्न

दाङः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगरपालिका स्तरीय प्रथम सम्मेलन सम्पन्न भएको छ ।

महासंघको प्रथम सम्मेलनले प्रेम परियारको अध्यक्षतामा १९ सदस्यीय तुलसीपुर उपमहानगर कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा नुमा परियार, सचिवमा टिकाराम चौधरी, कोषाध्यक्षमा उपेन्द्र कुवरलाई चयन गरिएको हो ।

महासंघका केन्द्रीय सचिव डिल्ली वलीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा नेकपा दाङ जिल्ला कमिटी सदस्यहरु विजय मल्ल, इश्वरी पाण्डे, शिव, भरत लगायत युवा संगठन नेपाल दाङका सचिव सुदर्शन, अखिल नेपाल शिक्षक संगठन दाङ जिल्ला कोषाध्यक्ष मेघराज, अखिल नेपाल महिला संघ क्रान्तिकारी तुलसीपुर नगर संयोजक कमला, नेकपा तुलसीपुर ५ का वडा सेक्रेटरी निर्मलको आतिथ्यता रहेको थियो ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङका उपाध्यक्ष दिनेश नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता प्रेम परियारले गरेका थिए भने सम्मेलनको सहजीकरण महासंघका दाङ जिल्ला अध्यक्ष सन्जय वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :