मकवानपुरमा नेपाल बन्दको सकारात्मक प्रभाव

मकवानपुरमा नेपाल बन्दको सकारात्मक प्रभाव

मकवानपुर : पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेकपाले गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ ।

मङ्गलबार बिहानैबाट जिल्लाका आन्तरिक तथा बाह्य रुटका सार्वजनिक यातायातहरू ठप्प रहेको छ । बन्दको कारण पूर्वी मकवानपुर, उत्तरी मकवानपुर, हेटौँडा उप–महानगरभित्र चल्ने सार्वजनिक सवारी बन्द रहेको छ । त्यस्तै उद्योगी, व्यवसायीहरूले आफ्नो व्यापार, व्यवसाय बन्द गरेर आजको नेपाल बन्द सफल पार्न भरपुर साथ दिएका छन् । बन्द भएपनि हेटौँडा बजारभित्र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरू भने निर्वाध रुपमा गुडिरहेका छन् ।

बन्दमा एकाध व्यक्ति बाहेक सम्पूर्ण जनताले साथ दिएका छन् । जनताको पहुँच विपरीत गरेको मूल्य खारेज गराउन सबैले महत्वपूर्ण साथ दिएका छन् । बढ्दो मूल्य घटाउन सबैको मागसहित सरकारलाई दबाव दिएको छ ।

मङ्गलबार बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म भएको नेपाल बन्दको कारण आज मकवानपुरको सबै भू–भागमा कुनै पनि अप्रिय घटना नघटी शान्तिपूर्ण ढङ्गले बन्द सफल भएको छ । बन्द सफल पार्न पुलिस जवान सबै सडकमा तैनाथ भएका थिए । वास्तवमा मूल्य वृद्धिले सबै नागरिक मारमा परेकोले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबैले बन्दमा साथ दिइएको देखिन्छ ।

बन्दको अन्तिम चरणमा बन्दलाई सफल पार्नका लागि बिहान ५ बजेदेखि नगरका विभिन्न ठाउँमा खटिएका नेकपा मकवानपुरका नेता कार्यकर्ताहरूका सथै आम जनता र पुलिस प्रशासन बुद्धचोकमा भेला भएर कोणसभा कार्यक्रममा सहभागी भएका थिए । कोणसभा कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयनले मूल्यवृद्धि खारेजीको माग गर्दै गरेको नेपाल बन्द सफल बनाउन सहयोग गर्नुहुने पुलिस प्रशासन, पत्रकार, मानवअधिकारवादी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, युवा, उद्योगी, व्यवसायी, मजदुर लगायत सम्पूर्ण जनतालाई विशेष धन्यवाद दिँदै आजको बन्द सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :