झापामा बन्दको प्रभाव, सवारीसाधन ठप्प

झापामा बन्दको प्रभाव, सवारीसाधन ठप्प

झापा : नेपाल कम्युनिस्ट पार्टीले मूल्यवृद्धिको बिरुद्ध गरेको नेपाल बन्दले झापामा प्रत्यक्ष प्रभाव परेको छ । पेट्रोलियम पदार्थ लगायतका अन्य खाद्यवस्तुमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपाले आज नेपाल बन्दको आह्वान गरेको हो ।

नेपाल बन्दका कारण झापामा सवारीसाधनहरू चल्न सकेका छैनन् भने विद्यालयहरू पनि बन्द रहेका छन् । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू आज बिहानैदेखि सडकमा बसेर बन्दलाई कार्यान्वयन गर्न लागिरहेका छन् ।

राजमार्ग सुनसान जस्तै भएको छ । अहिलेसम्म शान्तिपूर्ण रुपमा नै बन्दको कार्यान्वयन भइरहेको पार्टीका जिल्ला सचिव प्रशान्तले बताए । शैक्षिक संस्थाहरूलाई पनि बन्दका लागि आह्वहान गरिएको र बन्द पनि शान्तिपूर्ण रुपमा कार्यान्वयन भइरहेको उनले बताए । बन्द जनताको प्रत्यक्ष जीवनशैलीसँग जोडिएको हुनाले सबैले साथ दिइरहेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :