दलित मुक्ति मोर्चा, नेपालको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न

‘सङ्गठनको नाम श्रमिक समुदाय मोर्चा, नेपाल राख्ने निर्णय’

दलित मुक्ति मोर्चा, नेपालको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न

धनगढी : दलित मुक्ति मोर्चा, नेपालको पाँचौ राष्ट्रिय सम्मेलन रामलाल बिश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै सम्पन्न भएको छ । कात्तिक २७ गते सुदूर–पश्चिमको धनगढीमा उद्घाटन भएको सम्मेलनको २८,२९ गते बन्द सत्रमा मोर्चाको नीति, आगामी योजना, कार्यक्रम र सङ्गठनको नाम परिवर्तन लगायतका विषयमा गम्भीर छलफल भएको थियो ।

सम्मेलनको बन्द सत्रले सङ्गठनको नाम परिवर्तन गर्दै श्रमिक समुदाय मोर्चा, नेपाल राख्ने निर्णय गरेको छ । काम र श्रमका आधारमा राखिएको जातव्यवस्थाले विभेद र असमनता बढाएको निष्कर्षसहित श्रमिक वर्ग र समुदायको भाव झल्किने खालको नाम राख्ने सन्दर्भमा सङ्गठनको नाम श्रमिक समुदाय मोर्चा, नेपाल राख्ने प्रस्तावलाई प्रतिनिधि, पर्यवेक्षकले सर्वसम्मतिले पारित गरेको नवनिर्वाचित अध्यक्ष रामलाल बिश्वकर्माले जानकारी दिए ।

सम्मेलनको बन्द सत्रमा दलित मुक्ति मोर्चा, नेपालका अध्यक्ष डम्बर बिश्वकर्माले राजनैतिक प्रतिवेदन र विधान प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि समूहगत छलफल गर्दै आवश्यक परिमार्जन सहित पारित गरिएको छ भने बन्द सत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, सचिवालय सदस्य सन्तोष बुढामगर, केन्द्रीय सदस्य निर्माण, शितल लगायतले प्रशिक्षण दिएका थिए ।

रामलाल बिश्वकर्माको अध्यक्षतामा निर्वाचित समितिको उपाध्यक्षमा जितेन्द्रमान महरा, महासचिव त्रिलोचन बिश्वकर्मा, सचिव उमेश सिके, रामकुमार पासवान, कोषाध्यक्ष जानकी बराल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :