नेपाल बन्द सफल पार्न नेकपा इलामद्वारा मसाल जुलुस

नेपाल बन्द सफल पार्न नेकपा इलामद्वारा मसाल जुलुस

इलाम : जनताको ढाड सेक्नेगरि निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै आएपछि नेपाल कम्युनिस्ट पार्टी आन्दोलित बनेको छ । २५ गतेबाट चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेको नेकपाको आव्हानमा भोलि एकदिने नेपाल बन्द हुँदैछ । भोलि हुने बन्दको पुर्वसंध्यामा नेकपाले इलाम जिल्लाका पाँचवटा पालिकामा एकैसाथ मसाल जुलुस निकालेको छ । इलाम सदरमुकाम, फिक्कल बजार, शान्तिनगर, माइनगरपालिका, चुलाचुलिमा मसाल जुलुस निकालेको हो ।

इलाम सदरमुकाममा निकालिएको मसाल जुलुसपछि कोणसभामा बोल्दै नेकपा इलामका सचिव मौसमले भोलिको बन्दलाई सफल पार्न सबैलाई अपिल गरे । उनले जनताले बन्दलाई ऐक्यबद्धता जनाएका छन्, केही दलालले उलङ्घन गर्न खोजे शसक्त प्रतिरोध गरिने बताए । जनताले दलाललाई ठेगान लगाउने, बन्द उलङ्घन गरे जनताले आफ्नो तागत देखाइदिने मौसमले बताए । उनले बन्दको सबै तयारी पूरा भएको हुनाले भोलि एकदिन नेपाल बन्द हुने र आवश्यकता पर्दै गयो भने जनताले यस्तो बन्द महिनौँ गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :