मधेसी मुक्ति मोर्चा, नेपाल राजपुर गाउँ कमिटीको अध्यक्षमा सर्जु यादव

मधेसी मुक्ति मोर्चा, नेपाल राजपुर गाउँ कमिटीको अध्यक्षमा सर्जु यादव

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट मधेसी मुक्ति मोर्चा, नेपाल दाङ अन्तर्गत राजपुर गाउँ कमिटीको प्रथम भेला सम्पन्न भएको छ ।

मोर्चाको प्रथम भेलाले सर्जु यादवको अध्यक्षतामा १७ सदस्यीय गाउँकमिटी निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा भुपलाल यादव, सचिवमा सहजराम यादव, सह–सचिव हरिलाल यादव र कोषाध्यक्षमा रणबिर हरिजन रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी दाङका पुर्व इन्चार्ज तथा बिशेष कमिटी सदस्य बिक्रमको प्रमुख आतिथ्यमा भएको भेलामा नेकपा लमही नगर इन्चार्ज जनक, मधेसी मुक्ति मोर्चा, नेपाल दाङका संयोजक सुर्य, नेकपा राजपुर गाउँपालिका इन्चार्ज उज्वल, नेकपा दाङका जिल्ला कमिटी सदस्यद्वय हरि यादव र रामप्रसाद हरिजनको आतिथ्य रहेको थियो ।

भेलामा शुभकामना मन्तव्य दिने वक्ताहरूले मोर्चाले मधेसी जनसमुदायहरूको हकहित, अधिकार प्राप्तिको लागि निरन्तर सङ्गठनलाई जुझारु बनाउनुपर्ने धारणा राखेका थिए । सर्जु यादवको अध्यक्षतामा भएको प्रथम भेलाको सञ्चालन हिमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :