नेकपा मकवानपुरद्वारा हेटौँडामा एक घन्टा चक्काजाम

नेकपा मकवानपुरद्वारा हेटौँडामा एक घन्टा चक्काजाम

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आइतबार हेटौँडा बजार अन्तर्गतको पूर्व–पश्चिम राजमार्गमा एक घन्टा चक्काजाम गरेको छ । पेट्रोलियम पदार्थ, एलपी ग्यास र खाद्यवस्तुमा सरकारले गरेको मूल्य वृद्धिको विरुद्धमा आयोजित उक्त एक घन्टे चक्काजाम कार्यक्रम आइतबार दिउँसो ११ः३० मा सुरु भएको हो ।

एक घन्टे चक्काजाम सफल पार्न नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका नेता कार्यकर्ता र जनता कालो ब्यानरसहित बीच सडकमा उत्रिएका थिए । चक्काजाम कार्यक्रमको सुरुवातमा नै पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले जबरजस्त राज्यले नेपाली जनतामाथि लादिएका महँगी तथा कालोबजारीको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीले सशक्त कदम चाल्दै चक्काजाम गर्ने ठाँउसम्म आइपुगेकोले त्यसलाई सफल पार्न सवारी चालक, यात्रुका साथै आम जनतालाई अपिल गरेका थिए ।

जस अनुरुप जिल्ला सेक्रेटरी वाटर र हेटौँडा नगर सेक्रेटरी सुर्य अर्याल सहितको उपस्थितिमा भएको चक्काजाम सफल पार्न पुलिस प्रशासन, सवारी चालक, यात्रुहरूका साथै आम जनताले सहर्ष साथ दिएका थिए । त्यस्तै आम जनताको ढाड भाँचिने गरि थोपरेको महँगी तथा कालोबजारीको विरुद्धमा यहि कात्तिक २९ गते हुने सिट्ठी तथा मसाल जुलुस र कात्तिक ३० गते हुन गइरहेको नेपाल बन्द सफल पार्न पुलिस प्रशासन, पत्रकार, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, युवाका साथै आम नेपाली जनतालाई अपिलसमेत गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा र जनताको साथमा भएको एक घन्टे चक्काजाम कार्यक्रम यात्रुका समस्याको मध्यनजर गर्दै हार्दिकताका साथ सम्पन्न भएको छ । त्यस्तै गाउँ सेक्रेटरी भक्त माझीको नेतृत्वमा बागमती गाउँपालिकामा पनि दिउँसो एक घन्टा चक्काजाम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :