नेकपा सर्लाहीद्वारा लालबन्दीमा एक घन्टा चक्काजाम

नेकपा सर्लाहीद्वारा लालबन्दीमा एक घन्टा चक्काजाम

सर्लाही : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबिरुद्ध नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले महेन्द्र राजमार्गको लालबन्दी चोकमा पेट्रोलियम पदार्थ, ग्यास र खाद्यबस्तुको मुल्यवृद्धिविरुद्ध १ घन्टा चक्काजाम गरेको छ ।

चक्काजाममा नेकपा केन्द्रीय सदस्य मिसन शाही, जिल्ला सेक्रेटरी कमल सुस्लिङ, रौतहट विशेष कमिटी सदस्य पवन, सर्लाही विशेष कमिटी सदस्य जनक, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य बिचारमान थिङ, अखिल नेपाल ट्रेड युनियन महासङ्घका प्रदेश नम्बर २ इन्चार्ज पदम मगर, अखिल नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य किसुनदेब, मधेशी मुक्ति मोर्चाका केन्द्रीय सदस्य ठगाराम, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला अध्यक्ष भरत पुलामी, अखिल क्रान्तिकारी सर्लाही जिल्ला अध्यक्ष अर्पण पौडेल, लालबन्दी नगर इन्चार्ज नरबहादुर थापा लगायतको उपस्तिथि रहेको थियो । चक्काजाम कार्यक्रम सफल पार्न यात्रामा रहेका सबै यात्रुले साथ दिएको केन्द्रीय सदस्य मिसन शाहीले बताए ।

कात्तिक ३० गतेको बन्द सफल पार्न सबै यात्रु र सहभागी जनताहरूलाई नेकपाले अपिल गरेको थियो । चक्काजाममा पेट्रोलियम पदार्थ, ग्यास खाद्य बस्तुको मूल्यवृद्धि फिर्ता गर, एकीकृत जनक्रान्ति जिन्दावाद, संसदीय व्यवस्था मुर्दावाद, एक घन्टा चक्काजाम सफल पारौँ जस्तानारा लगाएका थिए । आन्दोलित बनेका नेपाल कम्युनिस्ट पार्टीले आज देशैभरि एक घन्टा चक्काजाम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :