पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबिरुद्ध इलाममा एकघन्टे चक्काजाम

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबिरुद्ध इलाममा एकघन्टे चक्काजाम

इलाम : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबिरुद्ध आन्दोलित बनेको नेपाल कम्युनिस्ट पार्टीले आज देशैभरि एक घन्टे चक्काजाम गरेको छ । सोही कार्यक्रमअनुसार नेकपा इलामले पनि एक घन्टे चक्काजाम गरेको हो ।

यहि कात्तिक ३० गते एक दिने नेपाल बन्दको आयोजना गरेको नेकपाले २५ गतेबाट चरणबद्ध आन्दोलन गरिरहेको छ । उक्त पार्टीले भोलि बेलुका देशैभरि मशाल जुलुस गर्दैछ भने पर्सि शसक्त बन्दको तयारी गरेको छ । साथै नेकपाले सबै जनतालाई बन्दलाई सफल पार्न र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबिरुद्ध सङ्घर्ष गर्नसमेत अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :