मूल्यवृद्धिका विरुद्ध नेकपा दाङद्वारा जिल्लाभरी एक घन्टा चक्काजाम

मूल्यवृद्धिका विरुद्ध नेकपा दाङद्वारा जिल्लाभरी एक घन्टा चक्काजाम

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले पेट्रोलियम पदार्थमा गरिएको चरम मूल्यवृद्धिका विरुद्ध चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत आइतबार एक घन्टा चक्काजाम गरेको छ ।

बिहान १० बजेदेखि ११ बजेसम्म जिल्लाका मुख्य शहरहरू घोराही, लमही, तुलसीपुर, भालुबाङ, गढवा, राजपुर, दंगिशरणको रगैचा, शान्तिनगर, बबई गाउँपालिकाको हापुरे लगायतका ठाउँहरूमा एक घन्टा चक्काजाम गरेको नेकपाले जनाएको छ ।

तुलसीपुरको बिरेन्द्र चोकमा चक्काजाम पछि कोणसभा गर्दै नेकपा दाङले ३० गतेको नेपाल बन्द सफल बनाउन सम्पूर्ण दाङवासीलाई अपिल गरेको छ । कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ केन्द्रीय समिति सदस्य एवम् दाङ जिल्ला अध्यक्ष सञ्जयले नेपाली श्रमजीवी जनताको ढाड सेक्ने गरि मनोमानी ढङ्गले राज्यले पेट्रोलियम पदार्थमा गरेको चरम मूल्यवृद्धि खारेज गराउन आफूहरूले नेपाल बन्द आह्वान् गरेको बताए । नेता सञ्जयले महँगीको विरुद्ध आफूहरू निरन्तर सडकमा सङ्घर्ष गर्दा अरू कोहिपनि बोल्न किन नसकेको भन्दै प्रश्न गरेका थिए ।

कोणसभाको सहजीकरण नेकपा दाङ जिल्ला कमिटी सदस्य बिजय मल्लले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :