नेकपा बर्दियाद्वारा पेट्रोलियम पदार्थको महँगीविरुद्ध चक्काजाम

नेकपा बर्दियाद्वारा पेट्रोलियम पदार्थको महँगीविरुद्ध चक्काजाम

बर्दिया : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको आन्दोलनको कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गरेको छ । मूल्यवृद्धि तथा महँगी विरुद्धको घोषित कार्यक्रमअनुसार आइतबार बर्दियाका विभिन्न ठाउँबाट एक घन्टा चक्काजाम कार्यक्रम आयोजना सम्पन्न गरेको थियो ।

बिहान १० बजेदेखि ११ बजेसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्धको कार्यक्रम (चक्काजाम) ताराताल बजारमा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरी, अखिल (क्रान्तिकारी) का बर्दिया जिल्ला अध्यक्ष हरि प्याकुरेल, नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा सरकारले बढाएको मूल्यवृद्धि तथा महँगीका विरुद्ध चरणबद्ध विरोध कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :