नेकपाद्वारा नवलपुरमा मशाल जुलुस

नेकपाद्वारा नवलपुरमा मशाल जुलुस

नवलपुर : नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा भएको मूल्यबृद्धि बिरुद्ध नवलपुरमा बिरोध प्रदर्शन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाको देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयत्रिवेणी गाउँपालिकामा मशाल जुलुस बालेर बिरोध प्रदर्शन गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर, दलाल सरकार मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, कात्तिक ३० गतेको नेपाल बन्द सफल पारौँ लगायतका नारा लगाउँदै पूर्व–पश्चिम राजमार्गमा सवारी ठप्प पार्दै मशाल जुलुस बालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :