मूल्यबृद्धिबिरुद्ध इलाममा मशाल जुलुश सम्पन्न

मूल्यबृद्धिबिरुद्ध इलाममा मशाल जुलुश सम्पन्न

इलाम : पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिबिरुद्ध आन्दोलित बनेको नेपाल कम्युनिस्ट पार्टीले इलाम जिल्लाका विभिन्न स्थानमा मशाल जुलुस गरेको छ । इलाम नगरपालिकाको मुख्य चोक, बजार, माइ नगरपालिकाको शुक्रबारे बजार र रोङ्ग गांउँपालिकाको शान्तिपुरमा मशाल जुलुश भएको हो ।

इलाममा सम्पन्न जुलुशमा नेपाल कम्युनिस्ट पार्टी इलामका जिल्ला सचिव मौसमले जनतामाथि सधैँ सोषण र दोहन गर्ने यो सत्ताले लादेको अहिलेको महँगी नेपाली जनतालाई किमार्थ स्वीकार्य नभएको बताए । उनले जनताले यस्ता सोषणको सधैँ प्रतिकार गर्ने र त्यसको नेतृत्व गर्न आंफूहरूको पार्टी सधैँ तयार रहेको बताए । त्यस्तै माइ नगरपालिका पार्टीका नगर इन्चार्ज नवराजले यतिबेला जनतामा यत्रो सोषण भएको छ, राज्यको दोहन भएको छ, यस्तो बेला कोही संसदवादी बोलेका छैनन् भन्दै संसद्वादीहरूलाई जनताको पक्षमा बोलेर देखाउन चुनौती दिए । उनले आफ्नो पार्टी जनता र राष्ट्रको हितमा जहिले पनि बलिदान गर्न तयार रहेको बताए । नवराजले पार्टीबिरुद्ध अहिले पनि केही भिजिलान्ते बोल्दै हिड्ने गरेको बतांउँदै भिजिलान्तेहरू नसच्चिए आफूहरूले सच्याउने बताए । बलिदान गर्न हिडेको पार्टीको अगाडि कोही पनि टिक्न नसक्ने उनको जिकिर थियो ।

नेपाल आयल निगमले बढाएको मूल्यबिरुद्ध नेपाल कम्युनिस्ट पार्टी आन्दोलित छ । २५ गतेबाट चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेको नेकपाले यहि कात्तिक ३० गते एकदिने नेपाल बन्दको घोषणासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :