मूल्यबृद्धिविरुद्ध पाल्पाको तानसेनमा नेकपाको मशाल जुलुस

मूल्यबृद्धिविरुद्ध पाल्पाको तानसेनमा नेकपाको मशाल जुलुस

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले पेट्रोलियम पदार्थमा गरिएको चर्काे मूल्यबृद्धिको विरुद्धमा मशाल जुलुश गरेको छ । सरकारले केही दिन अघि गरेको पेट्रोलियम पदार्थको अत्याधिक मूल्यबृद्धिको विरुद्धमा जिल्लाको सदरमुकाम तानसेनमा शुक्रबार साँझ मशाल जुलुश सम्पन्न गरेको हो ।

नेकपाका महासचिव विप्लवद्वारा प्रकाशित विज्ञप्ति अनुसार आकाशिदो महँगी र पेट्रोलियम पदार्थमा गरिएको चर्काे मूल्यबृद्धिको विरुद्ध देशव्यापी सङ्घर्षका कार्यक्रमहरू घोषणा गरिए अनुरुप २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते दिउँसो प्रचार÷प्रसार, साँझ मशाल जुलुश, २७ गते देशव्यापी प्रदर्शन, २८ गते बिहान १० देखि ११ बजेसम्म (१ घन्टा चक्काजाम), २९ गते दिउँसो सिट्टी जुलुश, साँझ मशाल जुलुश र ३० गते नेपाल बन्द लगायतका कार्यक्रम घोषणा गरिएको थियो ।

देशव्यापी गरिएको सङ्घर्षको केन्द्रीय कार्यक्रम अनुसार शुक्रबार पाल्पामा विरोध स्वरूप मशाल जुलुश गरेको नेकपाकी जिल्ला इन्चार्ज अपेक्षाले बताइन् । अपेक्षाले भनिन्, ‘आजको दिनसम्म पेट्रोलको मूल्यबृद्धि भएको मूल्य १३६ रुपैयाँ रहेको छ । सरकारले प्रतिलिटर ४७ रुपैयाँमा आयात गर्ने तर बिक्रीवितरण भने अत्याधिक चर्काे मूल्य गरेकोले जनताको ढाड सेकिने गरि गरेको मूल्यबृद्धिको विरुद्धमा पार्टी जनतालाई साथमा लिई सङ्घर्षमा उत्रेको हो ।’ यो आन्दोलनमा सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई सक्रिय सहभागी हुन आह्वान् गर्दै नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर, दलाल संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, कात्तिक ३० गतेको नेपाल बन्द सफल पारौँ लगायतका नारासमेत लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :