मुल्य बृद्धिको विरुद्ध नेकपा उदयपुरद्वारा प्रचारप्रसार गर्दै विभिन्न ठाउँमा मशाल जुलुश

मुल्य बृद्धिको विरुद्ध नेकपा उदयपुरद्वारा प्रचारप्रसार गर्दै विभिन्न ठाउँमा मशाल जुलुश

उदयपुर: नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चर्को मूल्यबृद्धिको विरुद्ध उदयपुरको गाईघाट, बेल्टार र कटारी नगरपालिकामा मसाल जूलूस सम्पन्न गरेको छ । उदयपुरको सदरमुकाम गाईघाटस्थित नेपाल कम्युनिस्ट पार्टी कार्यालय शान्तिनगर टोलबाट मसाल बालेर बजार परिक्रमा गरि चोकमा प्रदर्शन गरेको छ । त्यसैगरी कटारी नगरपालिकामा र चौद्ण्डीगढी नगरपालिकामा पनि मसाल बालेर बजार परिक्रमा गरि प्रदर्शन गरिएको छ । विरोध प्रदर्शन कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताले सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए ।
मूल्यवृद्धिका विरुद्ध विभिन्न नारा लगाउदै प्रदर्शनमा उत्रिएका नेता कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर, नालायक सरकार राजिनामा दे, भ्रष्टाचारी सरकार मुर्दावाद, दलाल सरकार मुर्दावाद लगायतका नाराबाजी गरेका थिए भने उदयपुरको सदरमुकाम गाईघाटमा भएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्नु खोजे पनि नेता कार्यकताले प्रतिरोध गर्दै कार्यक्रम सम्पन्न गरेका थिए ।
मसाल जुलुसपछि भएको कोणसभामा बोल्दै नेकपाका जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै सम्पूर्ण जनतालाई मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन सबैलाई अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :