नेकपा नवलपरासीद्वारा भुमहीमा मूल्यबृद्धिविरुद्ध मशाल जुलुस

नेकपा नवलपरासीद्वारा भुमहीमा मूल्यबृद्धिविरुद्ध मशाल जुलुस

भुमही : नेपाल कम्युनिस्ट पार्टी नवलपरासीले पेट्रोलिय पदार्थमा भएको मूल्यबृद्धिको बिरोधमा मशाल जुलुस गरेको छ । मूल्यबृद्धिको बिरोधमा नवलपरासीको भुमहीमा मशाल जुलुस सम्पन्न भएको हो ।

जुलुस कार्यक्रममा मूल्यबृद्धि खारेज गर, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, एमसीसी खारेज गर, सुस्तामा नाँपजाँच बन्द गर, कात्तिक ३० गते नेपाल बन्द सफल पारौँ, तीनबुँदे सहमति पूर्णरूपमा लागू गर जस्ता नारा लगाउँदै परासी रोडबाट भुमही चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै युवा सङ्गठन नेपाल पश्चिम नवलपरासीका संयोजक बिजयले पेट्रोलिय पदार्थको मूल्यबृद्धि जनजीविकाको बिषय भएकोले सम्पूर्ण जनताले बिरोध गर्नुपर्ने बताए । उनलले दैनिक उपभोग्य बस्तुमा भएको मूल्यबृद्धिले आम जनतालाई ढाड सेक्ने काम भएकोले यथासिघ्र मूल्यबृद्धि घटाउन माग गरे । बिजयले मूल्यबृद्धि घटाइएन भने जस्तोसुकै आन्दोलन गर्न बाध्य हुने बताउँदै पार्टीले आयोजना गरेको कात्तिक ३० गते नेपाल बन्दलाई सफल पार्न सम्पूर्ण व्यापारी, यातायात व्यवसाय, शैक्षिक संस्थासहित सम्पूर्ण जनतालाई अपिल गरे । साथै उनले सुस्तामा भएको भारतीय एसएसबीको नाँपजाँच र अमेरिकी सहयोग एमसीसी सम्झौता खारेजीको बिषयमा दबाब सिर्जना गर्न आग्रहसमेत गरे ।

कार्यक्रममा नेकपा नवलपरासीका नेताकार्यकर्तासहित विद्यार्थी, युवा, मजदुर, व्यापारी, बुद्धिजीवी, यातायात व्यवसायी लगायतको उपस्थिति रहेको थियो । नेकपाको आयोजनामा आयोजित बिरोध कार्यक्रम अन्तर्गत शुक्रबार मशाल जुलुस गरिएको बर्दघाट नगर इन्चार्ज प्रतापले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :