नेकपा दैलेखले राकम कर्णाली बजारमा निकाल्यो मशाल जुलुस

नेकपा दैलेखले राकम कर्णाली बजारमा निकाल्यो मशाल जुलुस

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले शुक्रबार आठबिस नगरपालिकाको राकम कर्णाली बजारमा पार्टीको केन्द्रीय योजना अनुसार हालै देउवा सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि बिरुद्ध मशाल जुलुस सम्पन्न गरेको छ ।

मशाल जुलुस नेकपा जिल्ला समिति सदस्य तथा आठबिस नगर समिति इन्चार्ज प्रकाशको नेतृत्वमा सम्पन भएको हो ।

नेकपा–जिन्दावाद, पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि फिर्ता गर, जनमतसङ्ग्रह घोषणा गर, एकीकृत जनक्रान्ति जिन्दावाद लगायतका नारासहित मशाल जुलुस सम्पन्न भएको जिल्ला सेक्रेटरी दिपेन्द्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :