सांगठनिक अनुशासन बिरुद्ध गतिविधि गर्नेलाइ निर्माण मजदुर संघको कठोर कारवाही

सांगठनिक अनुशासन बिरुद्ध गतिविधि गर्नेलाइ निर्माण मजदुर संघको कठोर कारवाही
नेकपा निकट अग्रभागिय जबस घटक संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघसँग आवद्ध पेशागत घटक संगठन अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघले संगठनिक अनुशासन बिरुद्द गतिबिधी गर्ने पदाधिकारी लाई कठोर कारवाही गरेको बताएको छ।जसअनुसार संगठनका उपाध्यक्ष जित बहादुर श्रेष्ठ उक्त किसिमको कारवाहिमा परेका हुन।संगठन ले दिएको जिम्मेवारी इमान्दारीपुर्वक बहन नगरी यहि मिति २०७८/०७/२४ गते बैज्ञानिक समाजवादी ट्रेडयुनियन महाँसंघमा प्रवेश गरि श्रेष्ठले सामाजिक सञ्जालमार्फत सो कुरा सार्वजनिक गरेपछी कारवाही गर्नु परेको संगठनका अध्यक्ष रामशरण तिमल्सिना ले रातोखवरलाइ बताएका छ्न। संगठनका पुर्व उपाध्यक्ष समेत रहेका श्रेष्ठले आफू कारवाही मा परेको बारे केही बताएका छैनन।अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघले आज मिति २०७८ / ०७ /२५ गते एक बिज्ञप्त्ति जारि गरि सो कुरा सार्वजनिक गरेको छ।बिज्ञप्तिमा जानाइएअनुसार कारवाहीमा पर्ने निज जित बहादुर श्रेष्ठलाई संगठनको प्रयोजनरत बिधान-०७५ को दफा८को (क) बमोजिम सांगठनिक अनुशासन बिरुद्धको कठोर कारवाही गरिएको हो। बिज्ञप्तिको पुर्ण पाठ यसप्रकार रहेको छ:-
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :