कपिलवस्तुको शिवगढीमा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

कपिलवस्तुको शिवगढीमा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

कपिलवस्तुः नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुको शिवगढीमा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला अन्तरगत शिवराज नगर कमिटी र विजयनगर गाउँ कमिटीको आयोजनामा शिवगढीमा पार्टी सदस्य सम्मको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै प्रमुख प्रशिक्षक वक्ता नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सञ्जिवले एकीकृत जनक्रान्तिमार्फत नेपालमा क्रान्ति सम्भव देखेर प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएको बताए । उनले हतियारको बलले विचारलाई नष्ट गर्न नसक्ने समेत बताए । राज्यलाई ठग्ने एनसेललाई कार्वाही गरेको आफ्नो पार्टीको कदम अवैधानिक नभई एनसेल नै अवैधानिक भएको नेता सञ्जिवको उद्घोष थियो ।
नेपाली जनतालाई परनिर्भर बनाउने सत्ता र कुर्सीका लागि देश नै बेच्न तयार हुने दलाल सत्ताका विरुद्ध आफ्नो पार्टीले निरन्तर संघर्ष गर्ने नेता सञ्जिवले स्पष्ट पारे ।

नेपालमा फेरि एकपटक जनमतसंग्रहको निर्वाचन गर्नुपर्ने उनको धारणा थियो । संसदीय व्यवस्थाको विकल्पमा आफ्नो पार्टीले व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसंग्रहको एजेन्डा अघि सारेको बताए । संसदीय सरकार विघटन गरि प्रगतिशिल सरकार निर्माण गरि जनमतसंग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिनु नै नेपालमा सबैखाले समस्याको समाधान रहेको नेता सञ्जिवको भनाइ थियो ।

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै नेकपा कपिलवस्तु जिल्ला सचिव कमलले आफ्नो पार्टीको लोकप्रियता देखेर संसदवादीहरु अत्तालिएको बताए । उनले जनताको माझमा लोकप्रिय पार्टीलाई प्रतिबन्ध लगाएर दलालहरुले युद्ध चाहेको बताए । आफुहरु खरानी हुने तर दलालहरुसँग झुकेर नबस्ने दाबी गर्दै सरकार र आफ्नो पार्टीबिच भएको तीन बुँदे सहमति कार्यान्वयन गरि नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत विविध समस्याहरुको समाधान गर्नुपर्ने नेता कमलको आग्रह थियो । उनले तीन बुँदे सहमति कार्यान्वयन नगरे जनताले बिद्रोह गर्ने उद्घोष गरे ।

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै नेकपा केन्द्रिय सदस्य तथा कपिलवस्तु, अर्घाखाँची जिल्ला इन्चार्ज जुझारुले प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नुको विकल्प नरहेको बताए । व्यवस्था चुन्ने अधिकार जनतालाई दिने जनमतसंग्रहको निर्वाचनमा भिड्न आवश्यक रहेको बताउदै जनताले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यव्यवस्था भन्ने विषयमा हुने जनमतसंग्रहमा अत्याधिक मत वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको पक्षमा दिने नेता जुझारुको जिकिर थियो ।

प्रशिक्षण कार्यक्रममा नेकपा कपिलवस्तु जिल्ला सल्लाहकार समिति संयोजक हिमाल र शिवराज नगर र विजयनगर गाउँपालिका अन्तर्गतका वडा, गाउँ इन्चार्ज र कार्यकर्ताहरुले आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए ।

युवा संगठन नेपाल केन्द्रिय सदस्य तथा कृष्णनगर, महाराजगन्ज नगरपालिका इन्चार्ज बादलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सञ्जीवको प्रमुख आतिथ्य, नेकपा केन्द्रिय सदस्य तथा कपिलवस्तु अर्घाखाँची जिल्ला इन्चार्ज जुझारु, युवा संगठन नेपाल कपिलवस्तु जिल्ला सचिव कशिम, नेकपा कपिलवस्तु जिल्ला सदस्य तथा अनेम संघ क्रान्तिकारी जिल्ला संयोजक दिलमाया, युवा संगठन नेपाल कपिलवस्तु जिल्ला सदस्य विशाल, जनपत्रकार संगठन नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष अनिल थारुको आतिथ्य रहेको थियो ।

शिवराज नगरपालिका र विजयनगर गाउँपालिका कमिटीको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी विजयनगर गाउँपालिका कमिटी इन्चार्ज राजेन्द्र प्रताप शाह अजयले गरेका थिए भने सञ्चालन नेकपा शिवराज नगरपालिका इन्चार्ज पावेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :