महासचिव विप्लवद्वारा मनखना बाठामगरप्रति हार्दिक श्रद्धाञ्जली

महासचिव विप्लवद्वारा मनखना बाठामगरप्रति हार्दिक श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज केशबहादुर बाठामगर ‘सुवास’ को आमा मनखना बाठामगरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । महासचिव विप्लवले बुधबार शोक वक्तव्य जारी गर्दै महान् जनयुद्धको रोल्पा जिल्लाकै पहिलो घाइते तथा महत्वपूर्ण व्याक्तित्व माडी गाउँपालिका वडा नं. ५ बाछे भावाङ निवासी ८४ बर्षीय मनखना बाठामगरको निधन भएकोमा पार्टी दुःखी भएको भन्दै मृतक मनखना बाठामगरप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै रोल्पा जिल्ला इन्चार्ज सुवास लगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

शोक वक्तव्यमा भनिएको छ, ‘ हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज कमरेड केशबहादुर बाठामगर ‘सुवास’ को आमा माडी गाउँपालिका वडा नं. ५ बाछे भावाङ निवासी ८४ बर्षीय कमरेड मनखना बाठामगरको २०७८ कात्तिक २३ गते राति निधन भएकोमा हाम्रो पार्टी दुःखी भएको छ । कमरेड मनखना बाठा महान् जनयुद्धको रोल्पा जिल्लाकै पहिलो घाइते तथा महत्वपूर्ण व्याक्तित्व हुनुहुन्थ्यो । हाम्रो पार्टी मृतक कमरेड मनखना बाठामगरप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै कमरेड सुवास लगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’ शोक वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :