अखिल (क्रान्तिकारी) झापाको पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) झापाको पूर्ण बैठक सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) झापाको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । मङ्गलबार अखिल (क्रान्तिकारी) झापा अध्यक्ष खगेन्द्र सिटौलाको अध्यक्षतामा झापा मेची नगरपालिकाको चारआली त्रिदेव बहुमुखी क्याम्पसमा सम्पन्न भएको हो ।

बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सेक्रेटरी सञ्जयले संसदीय व्यवस्थाको फोहोरी खेलमा संसदीय पार्टीहरू लागिरहेको बताए । उनले विद्यार्थीहरूको भूमिका वैज्ञानिक शिक्षाका लागि जनमतसङ्ग्रहको पार्टीले लिएको कार्यदिशा एकीकृत जनक्रान्ति विस्तारित प्रशिक्षण सहितको राजनीतिक कार्यभार विद्यार्थीहरूले जनतालाई दिनुपर्ने बताए ।

अखिल (क्रान्तिकारी) प्रदेश नं. १ का अध्यक्ष पुष्पले विद्यार्थी राजनीतिक र शिक्षा क्षेत्रमा भएका बस्तुगत धारणा राख्दै वैज्ञानिक समाजवादी शिक्षाको विषयमा अबको एकीकृत जनक्रान्ति कार्यदिशामा दृढ र सशक्त हुनुपर्ने र जिल्लाका विभिन्न विषयहरूमा छलफल गर्दै अगाडि बढ्ने निर्णयहरु गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :