अखिल (क्रान्तिकारी) दैलेखको तेस्रो पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) दैलेखको तेस्रो पूर्ण बैठक सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दैलेखको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । सोमबार ठाँटीकाँध गाउँपालिकाको ठाँटीकाँध बजारमा सम्पन्न भएको हो ।

बैठकका प्रमुख अतिथि जिल्ला सेक्रेटरी दिपेन्द्रले संसदीय व्यवस्थाको फोहोरी खेलमा संसदीय पार्टीहरू लागिरहेको बताए । उनले केपी वलीबिरुद्ध प्रचण्ड–माधब र माधब–प्रचण्डबिरुद्ध केपी वली लागिरहेको उल्लेख गरे । दिपेन्द्रले संसद्‌वादी कम्युनिस्टहरू बिभाजित भएको बेला निर्वाचन भयो भने जित हासिल गर्न सकिने बुझेर काँग्रेसले संसदीय निर्वाचन छिट्टै गर्न जोड गरेको, संसदीय निर्वाचनले अहिलेको राजनीतिक संकटको समाधान दिन नसक्ने र यसको समाधान भनेको नेपाली जनतालाई दलाल संसदीय व्यवस्था की वैज्ञानिक समाजवादी रोज्ने भनेर जमतसङ्ग्रहको चुनाब हुनुपर्ने कुरामा जोड दिए ।

अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सदस्य तथा दैलेखका अध्यक्ष सुद्रसनको अध्यक्षतामा भएको बैठकमा अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सचिवालय सदस्य प्रकाश तिरुवा अतिथि रहेका थिए । बैठकले मङ्सिर ८ गते काठमाडौँमा हुने विशाल जनसभाको तयारी गर्ने निर्णय गर्नुका साथै जिल्ला समिति बिस्तार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :