नेकपा दाङको चौथो पूर्ण बैठक सम्पन्न, पार्टी पुनर्गठन दिवस मनाउने निर्णय

नेकपा दाङको चौथो पूर्ण बैठक सम्पन्न, पार्टी पुनर्गठन दिवस मनाउने निर्णय

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङको चौथो पूर्ण बैठक सम्पन्न भएको छ ।

जिल्लाको घोराहीमा सम्पन्न चौथो पूर्ण बैठकले मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौँ आयोजित विशाल जनसभालाई सफल बनाउन जिल्लामा व्यापक तयारी गर्ने, एमसीसी सम्झौता लगायत बिकृति बिसङ्गति, लागुऔषध दुर्व्यसनी, मानव बेचबिखन, साम्राज्यवादी हस्तक्षेप वा अतिक्रमणको विरुद्ध आन्दोलन गर्ने, जिल्लामा सञ्चालित सङ्गठन सुदृढ तथा जनसम्बन्ध बिस्तार अभियानलाई निरन्तरता दिने लगायतका निर्णय गरेको छ ।

बैठकमा जिल्ला कमिटी सदस्य, जिल्ला बिशेष कमिटी सदस्यहरूले कात्तिक १३, १४ र १५ गते दाङको घोराहीमा सम्पन्न युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको समीक्षात्मक रिपोर्ट राखेका थिए भने समग्र जिल्ला कार्यालय रिपोर्ट जिल्ला सेक्रेटरी प्रदिपले राखेका थिए ।

नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपको अध्यक्षता तथा सञ्चालनमा भएको बैठकमा प्रमुख अतिथि नेकपाका केन्द्रीय समिति सदस्य एवम् दाङ जिल्ला इन्चार्ज शितल, बिशेष कमिटी सदस्य एवम् दलित मुक्ति मोर्चाकी केन्द्रीय उपाध्यक्ष सम्झना, युवा सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष पाटनको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :