सुस्तामा भारतीय नापजाँच विरुद्ध नेकपाका जनवर्गीय संगठनले प्रदर्शन गर्ने

सुस्तामा भारतीय नापजाँच विरुद्ध नेकपाका जनवर्गीय संगठनले प्रदर्शन गर्ने

पश्चिम नवलपरासी सुस्ता डुबान क्षेत्रमा भारतीय एसएसबीले नापजाँच गरेको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीका जनवर्गीय संगठनहरुले ले प्रदर्शन गर्न भएको छ । भारतीय हस्तक्षेप विरुद्ध नेकपा निकट जनवर्गीय संगठनहरुले भोलि कार्तिक २३ गते माइतीघर मण्डलमा संयुक्त विरोध प्रदर्शन गर्ने भएका हुन् ।

नेकपाका जनवर्गीय संगठनहरुले संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, -`नेपालमा भारतीय हस्तक्षेप सन् १८१६ को सुगौली सन्धि यता लगातार जस्तो छ नेपाली राष्ट्रियताको यो आन्दोलनमा नेपाली जनताहरुले ठूलो त्याग बलिदान गरेका छन् तर नेपाली शासकहरुको आत्मसमर्पणवादी चरित्रका कारण स्वाधीनताको हाम्रो लडाई आज पनि निरन्तर जारी छ ।`

नेपालीहरु चाडपर्वमा रमाइरहेको बेला भारतीय पुलिस फोर्स (नक्व)ले नेपालको जमिन सुस्ताको डुबान क्षेत्रको १४०० हेक्टर भित्र आफ्नो जवानहरुको तैनाथीमा गरेको नापजोख र हस्तक्षेपप्रति नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ भन्दै प्रेस विज्ञप्तिमा लेखिएको छ, -`यो हाम्रो राष्ट्रियता माथीको हस्तक्षेप भएकाले यस हर्कतको घोरभर्सना गर्दछौं र भारतलाई यो प्रकारको हर्कत नगर्न चेतावनी दिन चाहन्छौँ ।`

विज्ञप्तिमा भनेका छन्, -`उक्त घटनाको विरोधमा भोलि कार्तिक २३ दिउँसो २ बजे माइतिघर मण्डला हुने संयुक्त विरोध प्रदर्शनमा सहभागी हुन सम्पूर्ण देशभक्त नागरिक, बुद्धिजीवी, युवा, विद्यार्थी, पत्रकार, वकिल लगायतमा अनुरोध गर्दछौं ।`

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :