नेकपा कालिकोटद्वारा सहिद घरिपरिवारसँग भेटघाट तथा छलफल

नेकपा कालिकोटद्वारा सहिद घरिपरिवारसँग भेटघाट तथा छलफल

नेपाल कम्युनिष्ट पार्टी कालिकोटले १० वर्षे जनयुद्धमा बलिदान गरेका सहिदका घरिपरिवारसँग भेटघाट तथा छलफल कार्यकम सम्पन्न गरेको छ । कालिकोटको माल्कोटमा कोडबाडा कुमलगाउ, रुप्सा लालुका करिब ९१ जना सहिद परिवारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षता पार्टी प्रवक्ता एवम् केन्द्रीय सचिवालय सदस्य प्रकाण्डको प्रमुख आतिथ्ता, केन्द्रीय सदस्य एटम, केन्द्रीय सदस्य विराट, केन्द्रीय सदस्य बलवान्, केन्द्रीय सदस्य विवेक लगायतको नेताहरुको आतिथ्यतामा सम्पन्न कार्यक्रममा ५ वटै साविकका गाविसबाट सहिद परिवारले सुझावमूलक रिर्पोट राखेका थिए । जसमा प्रचण्डले धोका दिए जस्तै नेकपाले नदेओस्, समाजवाद ल्याउन शहिदपरिवारलाई सँगै लैजानु, शहिदको नाममा गेट, चौतारी, फिल्डहरु निर्माण गरियोस्, माओवादीले बिर्से जस्तै यो पार्टीले नर्बिसिओस् जस्ता सुझावहरु राखेका थिए ।

उक्त सुझाव र समग्र राष्टि«य राजनीति, र शहिदपरिवारको आगामी भूमिका सम्बन्धी नेता प्रकाण्डले प्रशिक्षण दिए। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रकाण्डले कुनैपनि हालतमा नेकपा र यसका लिडरहरु प्रचण्ड बनेर नेपाली जनता र सहिद परिवारलाई धोका नदिने बताए । आफ्नो पार्टीका अगाडि क्रान्ति बाहेक अर्को कुनै स्वार्थ नभएकाले निरन्तर संघर्ष गरिरहने नजित्दासम्म लडिरहने र शहिदको सपना भनेको क्रान्ति र परिवर्तन भएकाले आफ्नो पार्टी र लिडरले प्रचण्ड जस्तै आत्मसमर्पण नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा प्रभात स्मृति जनकलाकारले निकै भावुक प्रस्तुती प्रस्तुत गरेका थिए र सम्पूर्ण सहिद परिवारलाई भावुक बनाएको थियो । कार्यक्रमको अन्तमा कुनै पनि हालतमा हाम्रो पार्टी नेकपा नै हो तपाईं आट्नुहोस हामी साथ दिन्छौ भन्ने सुझाव र भरोसा दिदै कार्यक्रमका सभापति रणदिपले कार्यक्रमको समापन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :